दोस्रो र पाँचौ व्यक्ति एकै विमानमाः त्यही विमानबाट नेपालमा कोरोना फैलिएको खुल्दै
चैत १५, काठमाडौं ।
“लहरो तान्दा पहरो थर्कन्छ ।,” भनेभैm यतिखेर एउटा कोरोना संक्रमित बाट क्रमशः कारोना फैलदै गएको पाइएको छ । त्यो पनि दोस्रो र पाँचौ विरामी एकै एयरबेजबाट नेपाल आएको प्रमाणित भएपछि नेपालमा कोरोना लहरोबाट पहरोमा रुपान्तरण हुन थालेको पाइएको हो । दोस्रो संक्रमित भनिएकी मैतिदेबीकी श्रेष्ठ थरकी १९ बर्षिय युबती र कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी १९ वर्षकी किशोरी एकै विमानमा आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् । १० गते संक्रमण पुष्टि भएकी युवती फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी हुन् भने शनिबार पुष्टि भएकी युवती बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनी चैत ४ गते (१७ मार्च) को दिन कतार एयरवेजको क्यू आर ६५२ उडानबाट नेपाल आएकी हुन् ।
त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते घोषणा गरेको थियो ।
फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीमा कोरोना संक्रमण देखिएपछि उनी चैत ७ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा परीक्षण गर्दा १० गते कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको थियो । यो नेपालमा भेटिएको दोस्रो स्रंक्रमण थियो ।
जता गइन युबती उत्तैm संक्रमणको शंका
बेल्जियमबाट बागलुङ आइपुगेकी युबती बागलुङ नगरपालिका ४, कुँडुलेकी बासिन्दा हुन् । बेल्जियममा रहेका आमाबुबालाई भेट्न करिब दुई महिना अघि युरोप पुगेकी थिइन् । बाबु करिब एक महिना पहिले घरमा फर्किए, जहाँ युवतीका हजुरबा र आमा छन् । उनी ४ गते कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएकी हुन् । उनी नेपाल झरेर जुन बाटो बाग्लुड पुगिन त्यो बाटोमा जो जो सित भेटिन सबैलाई यतिखेर शंकाको नजरले हेर्नु पर्ने भएको छ । उनको भ्रमण तालिका हेर्दा त्रिभुबन विमान स्थलमा ओर्लेर एक दिन काठमाडौ बसेर भोलिपल्ट जहाज चढेर पोखरा पुगिन । त्यहाँबाट जिपमा बागलुङ पुगेर केही किनमेल गरेर घर पुगेको देखिन्छ । घर पुगेको भोलिपल्ट नै उनी छिमेकी चार पाँच घर पुगेको पारिवारले दाबी गरेको छ । घर आएको दुई तीन दिनपछि उनलाई ज्वरो आएको थियो । ज्वरो आएपछि उनी धौलागिरि अञ्चल अस्पतालमा जचाँउन गएकी थिइन् । टाउको दुख्यो भन्दै अस्पताल पुगेकी उनलाई अन्तरंग सेवामा कार्यरत एकजना डाक्टरले चेक जाँच गरेका थिए । तर अस्पतालमा उनले आफू बाहिरबाट आएको भनेर लुकाइन । चिकित्सकहरूले सामान्य ज्वरो आएको भन्दै घर पठाइदिए । उनी फेरी जिपमा घर फर्किन । उनी जहाँ जहाँ पुगिन त्यो स्थानमा कोरोना फैलिएको अनुमान गर्दे उच्च सतर्कता अपनाउँनु पर्ने देखिएको छ ।
प्रतिकृया दिनुहोस्