January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

वीर अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ

वीर अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना भाइरस  रिपोर्ट नेगेटिभ

१८ चैत, काठमाण्डौ ।

Advertisement

वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड–१९)को रिपोर्ट नेगेटिभ आएको छ ।

Advertisement

चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो ।

उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा संक्रमण नभएको पुष्टि भएको हो ।