स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी
१९ चैत, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालविरुद्ध उजुरी दिएका हुन् ।
खरिद कार्यमा आफू निकट व्यापारीलाई सेटिङ मिलाएको, अनुभव नै नभएको कम्पनीलाई खरीद अनुमति दिएको जस्ता कुरा उल्लेख गर्दै उजुरी दिइएको छ।
विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेको भन्दै विवेकशील नेपाली दलले यी विषयलाई छानबिनको विषय बनाउन भनेको छ ।
प्रतिकृया दिनुहोस्