November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

आइतबार आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

आइतबार आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

चिकित्सक आक्रमणकाे विराेधमा नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

Advertisement

संघका अध्यक्ष डा अनिलबिक्रम कार्की र महासचिव डा सञ्जीव तिवारीले विज्ञप्ति जारी गर्दै आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घाेषाणाा गरिएकाे छ।

Advertisement

सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित छन्।

प्रहरीले अहिलेसम्म ४ जना पक्राउ गरेको छ। आक्रमण गर्नेहरूलाई कारबाहीकाे सुनिश्चित हुनुपर्ने पनि उनिहरूकाे माग छ।