सातै प्रदेशमा कोरोना भाइरसको परीक्षण सेवा शुरु
२० चैत्र २०७६
सरकारले उपत्यकाबाहिर कोरोना भाइरस (कोभिड–१९) नमुना परीक्षण अगाडि बढाएको छ । सरकारले आज (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन भएको जनाएको हो ।
प्रदेश १ को धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै कोरोना परीक्षण भइरहेको छ। पोखरामा पनि बुधबार कोरोना परीक्षण सुरु भएको छ।
प्रदेश नं २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को वुटवल र वाग्मती प्रदेशको हेडौँडामा आजदेखि नमूना परीक्षण गर्ने आवश्यक तयारी भइरहेको छ ।
प्रयोगशाला सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा नमुना परीक्षणका लागि प्रोटेवल पिसिआर मेसिन सहित सम्पूर्ण सामाग्री पुगिसकेको जनाएको छ।
प्रतिकृया दिनुहोस्