May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कुकुर, बिरालोबाट पनि कोरोना संक्रमणः घरपालुवा जनावरलाई लकडाउनमा राख्न सुझाव

कुकुर, बिरालोबाट पनि कोरोना संक्रमणः घरपालुवा जनावरलाई लकडाउनमा राख्न सुझाव

चैत २६, एजेन्सी ।
मानिसबाट केही पशुमा कोरोनाभाइरस सरेको प्रमाण भेटिएपछि वैज्ञानिकहरूले घरपलुवा कुकुर र विरालोलाई समेत लकडाउनमा राख्न भनेका छन् । अध्ययनले बिरालोमा अन्य बिरालोबाट भाइरस सरेको प्रमाण भेटिएको छ ।
त्यस्तै दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशुचिकित्साविज्ञहरूले घरपालुवा जन्तुबाट पनि सर्तक रहन सुझाव दिएका हुन् । हालै न्यूयोर्कको ब्रोङस चिडियाखानाको बाघमा समेत त्यसको स्याहार गर्ने मानिसबाटै कोरोनाभाइरस सरेको पाइएपछि अन्य देशले अनुसान्धान गर्दा घरमा रहेका कुकुर र विरालोलाई समेत क्यारिन्टाइनमा राख्नुपर्ने देखिएको हो ।
विश्वका विभिन्न देशका पशुचिकित्सकहरूले बिराला र कुकुर जस्ता घरपालुवा जनावरबाट तिनका मालिकमा भाइरस सर्ने जोखिम कमै भएको पाइए पनि तिनलाई घरभित्रै राख्न सुझाव दिएका छन् । नयाँ तथ्यसँगै चीनले वन्यजन्तुको मासु विक्रीमाथि समेत प्रतिबन्ध लगाएको छ ।
ब्रिटिश पशुचिकित्सक सघले मानिसहरूलाई आश्वस्त पार्ने प्रयास गर्दै चिन्तिन भइहाल्नुपर्ने अवस्था नरहेको तर पशुबाट समेत सर्तक रहन भनेको छ ।

Advertisement