April 21, 2025, Monday
[nepali_today_date]

बच्चालाई स्तनपान कतिको फाइदाजनक ?

बच्चालाई स्तनपान कतिको फाइदाजनक ?

एउटी आमाले संसारको सबै खुशी त्यतीबेला पाएको महशुस गर्छीन् जब उनले आफ्नो बच्चालाइ छातीमा टाँसेर स्तनपान गराउँछीन् । त्यो क्षण उनको जीवनको अति नै महत्वपूर्ण क्षण बन्छ । त्यो क्षणले आमा र बच्चा बीचको सामीप्यता र पे्रम झनै प्रगाढ पार्ने काम गर्छ । यति हुँदा हँुदै पनी कतिपय आमाहरुलाई बच्चालाई कतीसम्म स्तनपान गराउँने भन्ने नि थाहा हुदैन । बच्चालाई स्तनपान गराउनु कतिको आवश्यक छ, किन आवश्यक छ जस्ता कुरा जान्नु आवश्यक छ ।
बच्चाको ष्mmगलभ कथकतझ लाई विकसीत गर्ने काम त्यस्तै कुपोषण बाट वचाउने काम पनी आमाको दुधले गर्छ । यसमा बच्चालाई चाहीने सम्पुर्ण पौष्टिक तत्व पाइन्छ । त्यसैले बाल्यवस्थामा नै उनीहरुको खानपानलाई विशेष ध्यान दिनु अति नै आवश्यक छ ।
नियमीत स्तनपान गराउनाले बच्चा निरोगी त हुने नै भयो यसले आमाको पाठेघर लाई समेत फाइदा पुर्याउछ । बच्चा जन्मनासाथ स्तनबाट निस्कने पहेँलो बाक्लो दूध एन्टीबायोटिकले भरिपूर्ण हुन्छ, जुन नवजात शिशुको विकास र रोग प्रतिरोधक क्षमता बढाउनका लागि महत्वपूर्ण हुन्छ । यसको साथै उक्त दूधले विभिन्न भाइरससँग लड्नुको साथै ब्याक्टिरियल इन्फेक्सनबाट पनि बचाउँछ । स्तनपान गर्दा भिटामिन, मिनरल, प्रोटिनको सन्तुलित मात्रामा प्राप्त हुन्छ र यसले बढ्ने शिशुको आवश्यकतालाई पूरा गर्न सहयोग र्पुयाउँछ ।
यसले शिशुलाई विभिन्न खालका इन्फेक्सनहरु जस्तै झाडापखाला, श्वाससम्बन्धि समस्या आदी बाट पनी बचाउँछ । आमाको दूधमा आवश्यक फ्याटी एसिड हुन्छ, जसले बच्चाको मानसिक क्षमताको विकास गर्छ । स्तनपान गर्ने बच्चाहरुमा मोटोपनको समस्या हुँदैन । विश्व संगठनको अनुसार बच्चालाई पहिलो ६ महिनासम्म स्तनपान मात्र गराउने र दुई वर्ष सम्म स्तनपान गराउनु पर्छ । तर, ६ महिनापछि स्तनपानसंग अन्य आवश्यक खाद्य पदार्थ खान दिनु पर्छ । जुन आमाले बच्चालाई नियमित स्तनपान गराउछिन् उनको र बच्चा दुवैको स्वास्थ्यलाई राम्रो र फ्mाइदा पुर्याउछ ।

Advertisement