May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

भारतमा २४ घण्टामा ३२ को निधन, ७७३ नयाँ संक्रमित

भारतमा २४ घण्टामा ३२ को निधन, ७७३ नयाँ संक्रमित

चैंत २७, नयाँदिल्ली ।
कोरोना भाइरस संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ३२ जनाको निधन भएको छ । यस्तै थप ७७३ मा संक्रमण भएका छन् ।
कोरोना भाइरसका कारण अहिलेसम्म मभारतमा १६६ जनाको निधन भइसकेको छ । यस्तै संक्रमितको संख्या ५७३४ पुगेको छ ।
सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा संक्रमितको संख्या बढ्दै छ । महाराष्ट्रमा संक्रमितको संख्या १ हजार १३५ जना पुगेको बताइएको छ । पछिल्लो २४ घन्टा अर्थात्र बिहीबार बिहानसम्म महाराष्ट्रमा कोरोनाका ५० भन्दा बढी सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी सङ्क्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । २५ जना बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका छन् ।
महाराष्ट्रपछि सबैभन्दा बढी बिरामी तालिनाडुमा छन् । तामिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७३८ पुगेको छ । त्यसपछिका बढी संक्रमित नयाँदिल्लीमा छन् । नयाँदिल्लीमा संक्रमितकोे संख्या ६६९ रहेको छ ।

Advertisement