April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

अव वीर र टेकु अस्पतालमा पनि कोरोना परीक्षण हुने

अव वीर र टेकु अस्पतालमा पनि कोरोना परीक्षण हुने

चैंत २९, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप दुई स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने भएको छ ।

वीर अस्पताल र टेकु अस्पतालमा पनि कोरोनाको परीक्षण गरिने बतानुभएको हो । हाल काठमाडौं उपत्यकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना परीक्षण हुँदै आएकोमा अव थाप दुई स्थानमा थपिएको हो । आज स्वास्थ्य मन्त्रालयमा भएको नियमित पत्रकार भेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुराको जानकारी गराएका हुन् । सकरारले थपेको परीक्षणसँगै अव उपत्यकामा तीन र सातैवटै प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमण परीक्षण भइरहेको छ ।


हालसम्म देशभरी ४ हजार ४ सय २६ कोरोनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभरमा ८ सय ९७ जनाको नमुना परीक्षण भएको छ । आजसम्म मुलुकभर ८२ जना आइसोलेसनमा र ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement