कोरोना संक्रमितका आशंकामा सप्तरीका दुई स्थानीय तहका दुई वडा सिलबन्दी गर्ने तयारी
वैशाख ३, काठमाडौं ।
दिल्लीबाट फर्किएका दुई जना जमातीको र्यापिड टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि सप्तरीका दुई स्थानीय तहका दुई वडा सिलबन्दीको तयारी भएको छ ।
बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो ।
प्रशासकीय अधिकृत आनन्द ठाकुरका अनुसार, एन्टीबडी पोजेटिभ आएकाहरुको पारिवारका सदस्यको पनि टेष्ट गर्ने र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने निर्णय भएको छ ।
दिल्लीबाट फर्किएर आफ्नो घरमा बसिरहेका ७ जनालाई प्रहरीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर ¥यापिड टेष्ट गराएको थियो ।
पोजेटिभ र नेगेटिभ रिपोर्ट आएका सबैलाई स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
प्रतिकृया दिनुहोस्