May 15, 2025, Thursday
२०८२ जेष्ठ २

सनसिटी अपार्टमेन्टमा परीक्षण गराएका दुई सय ९८ जनाको कोरोना रिपोर्ट नेगेटिभ

वैशाख ३, काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिका–९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा परीक्षण गराएका दुई सय ९८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण गरेको थियो ।
¥यापिड डाइग्नोस्टिक टेष्टमार्फत बुधबार परीक्षण गराएका तीन सय जनाको रिपोर्ट नेगेटिभ आएको कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिए ।

Advertisement


बुधबार बिहानदेखि स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी महाशाखाबाट डा. अमृत पोखरेल, महेन्द्र अधिकारी र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा १५ जना स्वास्थ्यकर्मीको टोलीले सनसिटी अपार्टमेन्टको ब्लक (ए) मा रहेकाको कोरोना परीक्षण गरेको थियो ।

Advertisement

स्वास्थ्य मन्त्रालयको १५ जनाको टोलीले आरडीटी प्रविधिमार्फत परीक्षण गरेको हो । बुधबार तीनवटा टेबुलबाट परीक्षण भएको हो ।

अर्पाटमेन्टमा ५ सय परिवारका करिब १२ सय जना बस्दै आएका छन्। उक्त अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण सुरु भएको हो । मंगलबार एक ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।