June 16, 2024, Sunday
२ असार २०८१, आईतवार

कामना सेवा विकास बैंक र भिगोर सुपर स्पेसियालिटि क्लिनिकबिच भयो सम्झौता

कामना सेवा विकास बैंक र भिगोर सुपर स्पेसियालिटि क्लिनिकबिच भयो सम्झौता

कामना सेवा विकास बैंक  र  महाराजगञ्जस्थित भिगोर सुपर स्पेसिलिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरबिच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरूमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

Advertisement

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरूसम्म पुर्याउने उद्देश्यले स्थापित उक्त भिगोर सुपर स्पेसियालिटी क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि.मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

Advertisement

उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरी रहेको छ ।