April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

थप एक जनामा कोरोना संक्रमणको पुष्टि, सङ्क्रमितको सङ्ख्या ५८

बैंशाख, १७ काठमाण्डौ । 

Advertisement

नेपालमा फेरि थप एक जना कोरोना संक्रमित थपिएका छन्। वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको हो।

Advertisement

यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।

आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।