April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

चीनबाट फैलिएको कोरोना जस्तै जापानबाट फैलियो कावाजाकीः युरोपका बालबालिका बढी प्रभावित

चीनबाट फैलिएको कोरोना जस्तै जापानबाट फैलियो कावाजाकीः युरोपका बालबालिका बढी प्रभावित


बैशाख, १८
कोभिड–१९ को महामारीले सताइरहेको युरोपका बालबालिकामा कावाजाकी भन्ने संक्रामक रोगको अर्को प्रकोप देखापर्न थालेको वीवीसीले बताएको छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकामा कोभिड–१९ संक्रमण पाइएको र तिनीहरूमा कावाजाकीको थप संक्रमण देखिएको छ । शुरुमा उच्च ज्वरो आउने, मुटुका धमनीहरु फोक्सो तथा आन्द्रा फुल्ने, जिब्रो रातो हुने र बिबिराहरु उठ्ने यो रोग बालबालिकाको लागि घातक देखिएको छ ।


बेलायतका चिकित्सकले यो रोग सम्भवत कोभिड–१९ विषाणुका कारण हुन सक्ने भन्दै चेतावनी दिएका छन् । बेलायतका एक बालकमा देखिएको यो रोगको लक्ष्ण कोरोना सँग सँगै देखिएको हो ।
सन् १९६७ मा जापानमा पहिलोपटक यो रोगको पहिचान भएको थियो । अहिले पनि जापान र जापानबाट अमेरिका बसाइ सराइ गरेका बाबुआमाका छोराछोरीमा यो संक्रामक देखिएको छ ।
६ महिनादेखि पाँच बर्षका बालबालिकामा यो रोगको संक्रमण हुन्छ र यसको संक्रमण सम्भवतः दोस्रो कुनै रोगको कारण हुन्छ । युरोपमा यो रोग १० वर्षमुनिका बालबालिकामा देखापरेको छ ।


बितेका तीन सातामा राजधानी पेरिस आसपासमा यो रोगका कारण २५ बालबालिका सघन उपचार कक्षमा भर्ना गरिसकिएका छन् । यो रोगबाट केही दिनमै बेल्जियममा १०, इटलीमा २० र बेलायतमा २० कावाजाकीका नयाँ विरामी भेटिएका छन् । एजेन्सी

Advertisement