April 30, 2025, Wednesday
[nepali_today_date]

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विहीवार डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । चालिसे अधिल्लो बर्ष पनि केही समय कार्यकारी निर्देशक भएका थिए ।

बिगत १३ बर्षदेखि सोही अस्पतालमा कार्यरत चालिसे १५ बर्षदेखि क्यान्सर विज्ञको रुपमा कार्यरत रहेका छन् । नेपालकै पुरानो वीर अस्पतालबाट एम. डि. गरेका उनी युकेमा ३ बर्ष फिलोसोपी गरेर नेपाल फर्किएका डाक्टर हुन् । केही समय भारतको मुम्बईमा रहेको टाटा अस्प्ताल र दिल्लीको राजिब गान्धी अस्पतालमा काम गरेको अनुभव चालिसेसँग रहेको छ ।

हस्पिटलमा कार्यकारी नियुक्त भएसँगै पहिलो कार्यकालमा आफूले पाएको मेडिकल डाइरेक्टरको गाडि नचढ्ने घोषणा गरेका चालिसेले दोस्रो कार्यकालमा पनि लोकपृय काम गर्ने अपेक्षा गरिएको छ । त्यसताका आफूले चढ्ने गाडिलाई एम्बुलेन्स बनाएका थिए । उनको दोस्रो पटक कार्यकारी पाएसँगै सुधारको कदम चाल्ने समुह उत्साहित भएको छ ।

Advertisement