May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

भेरी अस्पतालमा थप सात जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

भेरी अस्पतालमा थप सात जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

बैंशाख २३, काठमाडौ ।
भेरी अस्पतालमा भएको पछिल्लो कोरोना परिक्षणमा थप सात जनामा कोरोना भेटिएको छ । भेरीमा भएको परीक्षण पछि नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो परीक्षणमा संक्रमण पुष्टि भएकामा नेपालगञ्ज वडा ८ निवासी २२, ३०,४० वर्षका तीन पुरूष छन् ।

बाँकेमा मात्रै कोरोनाभाइरस संक्रमितको संख्या २३ पुगेको छ । यद्यपी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालगन्जमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयप्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

Advertisement