March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

चीन सरकारले दियो कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री

चीन सरकारले दियो कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सहयोगस्वरूप चीनले नेपालका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मन्त्री भानुभक्त ढकाललाई ती स्वास्थ्य सामाग्री उपलब्ध गराएकी हुन् ।
चीनले शुक्रवार र शनिवार नेपाल ल्याउको ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान सामाग्री अनुदानमा उपलब्ध गराएको हो ।

Advertisement