May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

नारायणी अस्पतालबाट आइसोलेसनमा उपचार गराइरहेका दुई जना संक्रमित फरार

नारायणी अस्पतालबाट आइसोलेसनमा उपचार गराइरहेका दुई जना संक्रमित फरार


वीरगन्जस्थित नारायणी अस्पतालबाट आइसोलेसनमा उपचार गराइरहेका दुई जना संक्रमित बुधबार फरार भएका हुन् । अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र असफर हवारी भन्ने दुईजना फरार भएको अस्पताल स्रोतले जनाएको छ ।
पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् । फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । फरार भएकाहरु पर्साकै भएको बताइएको छ ।

Advertisement