भक्तपुरमा थप कडाई, घर बाहिर निस्कन निषेध
भक्तपुरको दुई स्थानमा कोरोना संक्रमित भेटिएपछि जिल्ला प्रशासनले विशेष कडाई थालेको छ । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ संक्रमण देखिएपछि भक्तपुरमा आजबाट घरबाट बाहिर निस्कन निषेध गरिएको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार जिल्लामा कोरोना संक्रमण फैलिन नदिन लकडाउनलाई कडाइका साथ लागू गर्ने निर्णय भएको र सोही अनुसार कडाई गरिने जानकारी दिइन ।
उनले अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने गरी कडाइ गरिएको बताइन । यस्तै अत्यावश्यक वस्तुबाहेक व्यापार, व्यवसाय, उद्योग कलकारखाना सञ्चालनमा समेत रोक लगाइएको छ ।
आजैबाट भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यक बाहेकका व्यक्ति तथा सवारीसाधन निषेध गरिएको छ भने यसअघि जारी गरिएका सबै सवारी पास समेत खारेज गरिएको छ । यसैबीच संक्रमित व्यक्तिको यात्रा विवरणका आधारमा कन्ट्रयाक्ट ट्रेसिङलाई तीव्र पारिएको छ ।
प्रतिकृया दिनुहोस्