नेपालमा थप ९ जनामा कोरोना संक्रमण‚ संक्रमित संख्या २५८
- वाणिज्य न्युज
- २ जेष्ठ २०७७
204
SHARES
२ जेठ, काठमाडौं ।
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रबार थपिएका ९ संक्रमितमा १८ वर्षदेखि ३७ वर्षसम्म उमेरका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं र भेरी अस्पताल‚ नेपालगञ्जमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएका सबै पुरूषहरू छन्।
प्रतिकृया दिनुहोस्