May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

थपिए ६ जना कोरोना संक्रमणित, पुग्यो २ सय ७३

थपिए ६ जना कोरोना संक्रमणित, पुग्यो २ सय ७३

नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बर्दियाको नार्खु–११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । उनीहरुमा कोरोना संक्रमण देखिएपनि त्यस्को कुनै लक्ष्ण भने देखिएको छैन् ।

Advertisement