May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

कपिलवस्तुको चन्द्रौटा गाउँका तीन जना कोरोना संक्रमित थपिए

कपिलवस्तुको चन्द्रौटा गाउँका तीन जना कोरोना संक्रमित थपिए

नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालका कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।


नयाँ संक्रमित हुनेमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषहरु रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरुमा कोरोना संक्रमण देखिएपनि त्यस्को कुनै लक्ष्ण भने देखिएको छैन् ।

Advertisement