May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

ततोपानीनाका हुँदै सेनाले ल्यायो १० ट्रक स्वास्थ्य समाग्री

ततोपानीनाका हुँदै सेनाले ल्यायो १० ट्रक स्वास्थ्य समाग्री

देशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा सरकारले स्वास्थ्य सामग्री आयत तथा सुरक्षा सामग्री बढाउन केन्द्रित देखिएको छ । नेपाली सेनाले चीनबाट १० ट्रक स्वास्थ्य सामान ल्याएको छ । तातोपानी नाकाबाट १० ट्रक सामान लिएर शनिबार काठमाडौंतर्फ हिँडेको छ । सेनाले लगेको समानमा डिस्पोजेबल गाउन र पीपीई माक्स लगायतका समाग्री रहेको भन्सार विभागले जनाएको छ ।


सेनाले ल्याएको सामानमा १२ हजार डिस्पोजेबल गाउन रहेका छन् भने २७ हजार पीपीई रहेका छन् । समयमै स्वास्थ्य सामग्री खरिदको क्रममा अनियमितता भएको भन्दै चर्को विरोध भएपछि सरकारले नेपाली सेनालाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिइएको छ ।

Advertisement