मृत्यु भएकी महिलाका १२ दिने शिशुसहित चार जनालाई राखियो आइसोलेसनमा
काठमाडौं, ४ जेठ ।
कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको १२ दिने शिशुसहित परिवारका चार जनालाई आइसोलेसनमा राखिएको छ । मृत्यु भएकी महिलाको नवजात शिशु, श्रीमान,सासू र अर्का एक सहयोगीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
स्वाब संकलन गरिएका चार जनाको पीसीआर परीक्षण भइरहेको र आइतबार बेलुका वा सोमबार बिहानसम्ममा रिपोर्ट आउने जनाइएको छ । त्यस्तै अस्पतालका चिकित्सक सहित १० जनालाई अस्पतालको क्वारेन्टाइनमा राखिएको पनि अस्पतालले जनाएको छ ।
सिन्धुपाल्चोकको बाह्रविसे-९, राम्चेकी सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।
मृत्यु भएकी महिला गत बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएकी र २४ गते सुत्केरी भएकी थिइन् । अस्पतालले २५ वैशाखमा डिस्चार्ज गरेपछि उनलाई सिन्धुपाल्चोकको राम्चे लगिएको थियो । अहिले महिलाको मृत्यु भएपछि टिचिङ अस्पतालको प्रसुति वार्डसमेत सिल गरिएको छ।
प्रतिकृया दिनुहोस्