कालिमाटी तरकारी बजारका सबैको कोरोना नतिजा नेगेटिभ
काठमाडौं, ५ जेठ ।
कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको सबै परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
यही जेठ १ गते झण्डै ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएकोमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो ।
परीक्षणका क्रममा एक जना भरिया र एक जना सवारी चालकको आरडीटी पोजेटिभ देखिएको थियो ।
काठमाडौं महानगरपालिकाले कालिमाटी तरकारी बजारमा काम गर्ने व्यापारी, भरिया, सवारी चालक, सरसफाई कर्मचारीहरु सबैको कोरोना परीक्षण गराएको थियो । परीक्षण गरिएका सबैमा टेस्ट नेगेटिभ आएपछि कालिमाटी तरकारी बजार पूर्ण रुपमा सञ्चालनमा आइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस्