सेनाले चीनबाट फेरी ल्यायो १९ टन स्वास्थ्य सामग्री
चीनबाट नेपाली सेनाले खरिद गरेको करिब १९ टन स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । सोमबार स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइड बडी जहाज चीनको ग्वाङजाओ उडेको थियो । मंलगबार काठमाडौं फर्किएको वाइड बडी जहाजमा पीपीई, एन–९५ मास्कलगायतका सामान रहेको छन् । सरकारले सेनालाई स्वास्थ्य सामग्री खरिको जिम्मा दिएपछि धमाधम आवश्य समाग्री सेनाले ल्याईरहेको छ ।
पछिल्लो समय सेनाले तातोपानी नाका हुँदै १० कन्टेनरमा ९ टन स्वास्थ्य सामग्री ल्याएको थियो । सेनाले चीनको सिनो फार्मसँग २ अर्ब २५ करोडको स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकोमा सोही सामान नेपाल ल्याएको हो ।
प्रतिकृया दिनुहोस्