कोरोना संक्रमित भेटिएपछि राजधानीको मैतीदेवी क्षेत्र सिल
- वाणिज्य न्युज
- ७ जेष्ठ २०७७
311
SHARES
काठमाडौंको मैतीदेवीमा एकजनामा कोरोना संक्रमण देखिएको छ। मैतीदेवी बस्ने रामेछापका पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ । मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ।
उनी भाइसँगै बस्दै आएका थिए । भाइको रिपोर्ट आउन बाँकी छ।
संक्रमित युवा रामेछापको भएको र उनी वैशाख ३० गते रामेछापबाट काठमाडौं आएको प्रहरीले जनाएको छ। संक्रमित पुष्टि भएकालाई हाल टेकू अस्पतालको आइसोलेशनमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्