May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

कोरोना संक्रमण भएपछि भेन्टिलेटरमा राखेको विरामी नै नहेरी मृत्युको सूचना

कोरोना संक्रमण भएपछि भेन्टिलेटरमा राखेको विरामी नै नहेरी मृत्युको सूचना

रुपन्देहीको मणिग्राममा उपचारत कोरोना संक्रमित भनिएका शिक्षकको मृत्यु भएको भन्ने खवर अस्पतालको लापरवाहीले गलत भएको पाइएको छ ।
कोरोना लागेको रिपोर्ट आएपछि उपचार कक्षमा दुई दिन देखि नै डाक्टरहरु प्रबेश नगरिकनै विरामीको मृत्यु भएको खवर सार्बजनिक गरेको पाइएको हो ।
एकातीर विरामीको उपचार नै नगर्ने अनी अर्कोतीर बाहिर कोरोना लागेर मृत्यु भएको सूचना दिने क्राम अस्पताल ब्यावस्थापनले गरेको पाइएको छ ।
मृत्यु भएका भन्ने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष थिए । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।
जेठ १ गते भर्ना भएका ति विरामीलाई अहिलेसम्म भेन्टिलेटरमा राखिएको छ । ज्वरो आएर अस्पताल भर्ना गरिएका उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएसँगै कोरोना भएको प्रमाणित भएको थियो ।
कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि दुई दिनयता चिकित्सकहरु उनको छेऊ पर्नत परै जाओस् उनलाई राखिएको कोठाको समेत छेउ परेका थिएनन् ।
उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले उनीको आइसियुमै मृत्यु भएको आशंकामा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर कोरोनाबाट बिरामीको मृत्यु भयो भन्दै शव कहाँ व्यवस्थापन गर्ने भनेर सोधेकोका थिए । उनीहरुले स्थानिय प्रशासनलाई पनि कोरोनाबाट विरामीको मृत्यु भएको समाचार दिएका थिए ।
अस्पतालबाट प्राप्त सोही सूचनाका आधारमा मन्त्री बरालले कोरोना संक्रमितको मृत्यु भएको सूचना मिडियालाई दिए । उता मदाने गाउँपालिका प्रमुखले पनि कोरोनाबाट अस्पतालमा विरामीको मृत्यु भएको खवर मिडियाहरुलाई गराए ।
कोरोना संक्रमितको मृत्यु भएको खबर बुधबार बिहानै गुल्मीस्थित आफन्तजनसम्ममात्र पुगेन देश विदेशमा रहेका सबैमा फैलियो । आफन्तहरु समेत अस्पतालमा जम्मा भए । सदगदको तयारीमा रहेका एक आफन्तले अस्पतालमा विरामी जिबितै रहेको सुइको पाए । जीबित रहेको हल्ला सबै तीर फैलियो । प्रदेश सामाजिक विकास मन्त्रालमा समेतमा यो कुरा पुग्यो । कारण खोज्दै जाँदा अस्पतालको गम्भिर लापरवाही पाइयो ।
पोजेटिभ रिपोर्ट आएपछि सोमबारदेखि भेन्टिलेटरमा चिकित्सकले विरामी हेरेकै रहेछन् । अस्पताल निकट स्रोतका अनुसार जब कोरोना भएको रिपोर्ट आयो तव विरामीको कोठामा डाक्टर देखि कुनैपनि ब्यक्ति प्रबेश गरेनन् ।
डाक्टरको उपचार त परै जाओस उनलाई कसैले हेर्दे नहेरिकनै मृत्यु भएको आशंकामा मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको पाइओ । सबैको प्रेसर भएपछि अस्पतालले विरामीको मृत्यु नै नभएको भन्दै दुई वटा प्रेस विज्ञप्ति सार्बजनिक गरेको छ ।

(पुनश्चः यसअघि अस्पताल स्रोतको अपरिपक्व सूचनाका भरमा तीनवटा स्रोतबाट पुष्टी गरेर लेखिएको ‘भेन्टिलेटरमा उपचारत गुल्मीका शिक्षकको मृत्युः कोरोना भएको पुष्टी’ समाचार तथ्यहीन बन्न पुगेकोमा वाणिज्य न्यूज क्षमापार्थी छ ।)

Advertisement