March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

गुल्मीको क्रिमशन अस्पतालमा रहेका शिक्षकको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन

रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको शिक्षकको मृत्यु भएको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय संक्रमितको मृत्यु भएको पुष्टि गर्दे प्रेस विज्ञप्ति निकालेको हो ।
पेसाले शिक्षक रहेका ती पुरुष अर्घाखाँचीको १ मेडिकलमा स्वास्थ्य परीक्षणपछि क्रिमशन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था विग्रदै गएपछि आफै अस्पताल पुगेका उनको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा जेठ २ गते उनमा कोरोना सक्रमण पुष्टि भएको थियो । उनीसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

Advertisement