May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

अव आरडीटी परीक्षण रिपोर्ट साथ मात्र काठमाण्डौ उपत्यका प्रवेश गर्न पाइने, सबै नाका सिल

अव आरडीटी परीक्षण रिपोर्ट साथ मात्र काठमाण्डौ उपत्यका प्रवेश गर्न  पाइने, सबै नाका सिल


गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो परिपत्र गरेको हो ।
परिपत्रमा काठमाण्डौ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफने खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाण्डौ उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने भनिएको छ । यो सँगै अव स्थास्थ्य रिपोट देखाएर मात्र उपत्यका प्रबेश गर्नु पाउनेछन् ।

पत्रमा काठमाण्डौ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न भनेको छ । लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ ।
पत्रमा काठमाण्डौ उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नु पूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाइ गर्ने पनि उल्लेख छ । जेठ १ गतेको छलफलमा उपत्यकाका जनप्रतिनिधिले गृहमन्त्री रामबहादुर थापा वादललाई उपत्यकाको आवत–जावतलाई कडाइ गर्न माग गरेका थिए । सोही आधारमा गृहले कडाई साथ सरोकारबालालाई पत्र लेखेको हो ।

Advertisement