May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

थपिए ९ कोरोना संक्रमितः बारामा ६ पुरुषमा संक्रमण, कूल संख्या ५१६ पुग्यो

शुक्रबार साँझ थप नाै जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेकाे विज्ञप्ति अनुसार भक्तपुर, मकवानपुर, सप्तरी र बारामा नयाँ संक्रमित फेला परेका हुन्।

नयाँ संक्रमितमा मकवानपुरकी ५४ वर्षीया महिला, भक्तपुरकी ५२ वर्षीया महिला, सपतरीका ३५ वर्षीया पुरुष र बाराका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा २, विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ र किटजन्य राेग तालिम केन्द्र हेटाैँडामा गरिएकाे परीक्षणमा ७ जना नयाँ संक्रमित फेला परेका हुन्। यससँगै देशभर संक्रमितको संख्या ५१६ पुगेको छ।

Advertisement