डा. के.सी.ले अनसन तोडे
२५ कात्तिक, २०७६ काठमाडौं ।
९ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीले राष्ट्रियताको रक्षार्थ सरकारलाई सहयोग पुर्याउन १७औँ अनशन तोडेका छन् । मंगलबार साँझ डडेल्धुरा अस्पतालमा ४ वर्षीया बालिकाको हातबाट जुस पिउँदै डा. केसीले अनशन स्थगित गरेका हुन् । अनशन तोड्नुअघि डा. केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्रसमेत लेखेका छन् ।
चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेर पनि रित्तै फर्किएको थियो । डा केसी काठमाडौ आउन नमानेपछि हेलिकप्टर रित्तै फकृनु परेको हो । उनको स्वास्थ अवस्था बिग्रदै गएप्छि सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको थियो । यसअघि डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य बिग्रिएको भन्दै यहाँबाट अन्तै सार्न भनेपछि नया विकल्प स्वरुप काठमाडौं ल्याउने तयारी स्वरुप सेना त्यहाँ पुगेको थियो । डा. केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै १८ कात्तिकदेखि स्वास्थ्यकर्मी नीलकण्ठ भट्टको घरमा अनशन बसेका हुन् । स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई भट्टको घरबाट जिल्ला अस्पतालमा सारिएको थियो । तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन् ।
डा. केसीलाई डडेलधुरा जिल्ला अस्पतालबाट पनि अन्यत्र लैजान लागिएको विरोधमा उनका समर्थकहरुले विरोध गर्दै आएका छन् । डा. केसीका समर्थकहरुको प्रदर्शनका कारण डडेलधुरा बजार सोमबार बिहानैदेखि बन्द छ ।
प्रतिकृया दिनुहोस्