January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

सुमीको गुणस्तरहीन औषधि बजारभरी

सुमीको गुणस्तरहीन औषधि बजारभरी

२७ कार्तिक २०७६, काठमाडौं ।
औषधि ब्यावस्था विभागले विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका औषधि गुणस्तरहीन भएको पत्ता लगाउँदै आएको छ । यस्ता बस्तु बजारमा पहिला पठाउने अनी पछि बजारबाट विभागको निर्देशनमा हटाउने कार्यले मानव स्वास्थ्यमा ठूलै खेलबाड भइरहेको छ । अनुगमनको नजरमा नपरेका र अनुगमन परीक्षण हुनुअघि यस्ता कैयौँ गुणस्तरहीन औषधि बजारमा विक्री–वितरण भइरहेका छन् । विदेशी भन्दा पनि नेपाली उत्पादनमा नै बढी खोट पाइएको छ । स्वदेशी औषधि उत्पादक कम्पनी सुमी फर्मास्युटिकल प्रालिको उत्पादन ‘मायोल्डिप ५’ (एम्लोडिपाइन बेसिलेट ट्याब्लेट्स आइपी) गुणस्तरहीन प्रमाणित भएको छ । व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन भएका औषधिको नमुना परीक्षणका क्रममा उक्त औषधि गुणस्तरहीन पाइएको हो । गुणस्तरहीन प्रमाणित भएसँगै औषधिको विक्री–वितरण बन्द गरी तुरुन्त बजारबाट फिर्ता गर्न विभागले कम्पनीलाई निर्देशन दिएको छ ।

विभागका अनुसार मायोल्डिप ५ सुमी फर्मास्युटिकल्सको ब्याच नम्बर एमपी ४० को उत्पादन विभागले परिक्षण गर्दा गुणस्थारहीन भएको पत्तालगाएको हो । विभागले औषधि ऐन २०३५ को दफा १४ बमोजिम सो औषधिको विक्री–वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको विभागका निमित्तमहानिर्देशक पानबहादुर क्षेत्रीले जानकारी दिए । यसअघि पनि विभागले विभिन्न समयमा गरेको अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि गुणस्तरहीन पाइँदै आएका छन् । यस्तोमा बजारबाट फिर्ता गर्नुभन्दा पनि गुणस्तरहीन औषधिलाई बजारमा प्रवेश नै नदिनु प्रमुख चुनौती बनेको छ । सुमी समुहको औषधिमा मात्र होइन केही बर्ष अगाडि अल्कोहलमा समेत मिसावट नमिल्दा सेबन गर्ने ब्याक्ती घाइते भएका थिए ।

Advertisement