होम आइसोलेसनमा बसेका विराटनगरका कोरोना संक्रमित वृद्धको मृत्यु
- वाणिज्य न्युज
- २२ आश्विन २०७७
164
SHARES
असोज २२, काठमाडौं ।
कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेका विराटनगरका एक वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको बिहान साढे ६ बजे मृत्यु भएको महानगर प्रहरी कार्यालयका निरीक्षक राजन पौडेलले बताए ।
उनका अनुसार ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएका वृद्धको असोज १७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । १९ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई होम आइसोलेसनमै राखिएको थियो ।
प्रतिकृया दिनुहोस्