May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

डा. केसीको जीवनरक्षा माग गर्दै चिकित्सक आन्दोलित, इमर्जेन्सी र कोभिड बाहेकका सेवा बहिष्कार गर्ने

डा. केसीको जीवनरक्षा माग गर्दै चिकित्सक आन्दोलित, इमर्जेन्सी र कोभिड बाहेकका सेवा बहिष्कार गर्ने

काठमाडौं ः २७ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै आवासीय चिकित्सक आन्दोलित भएका छ । डा. केसीको स्वास्थ्य अवस्था नाजुक भइसक्दा पनि वार्ता औपचारिकतामा मात्र सीमित भएको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका हुन् । आवासीय चिकित्सकले आइतबार इमर्जेन्सी र कोभिडबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गरेका छन् ।

Advertisement

डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच सकारात्मक रुपमा छलफल अगाडि बढेपछि संघले बिहीबार विरोधका कार्यक्रम स्थगित गरेको थियो । शुक्रबारको छलफलमा सरकारले वार्ता सकारात्मक रुपमा अगाडि नबढाएको र शनिबार २७ औं दिनमा पनि सरकार गम्भीर नभएको भन्दै संघले सेवा बहिष्कारको कार्यक्रम सार्वजनिक गरेको हो ।

Advertisement

संघले आफ्ना सबै शाखा, देशभरका स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उक्त निर्णय कार्यान्वयन गर्नगराउन निर्देशन दिएको छ । सरकार डा. केसीको जीवनरक्षाका लागि गम्भीर नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ । उता डा. केसी पक्षले भने सरकार वार्तामा सकारात्मक रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ । दुवै पक्ष अडानमा रहेर सहमति प्रक्रिया अघि नबढाउँदा डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । डा. केसीका माग सकारात्मक रहेको भन्दै नागरिक समाज र उनका समर्थकले राजधानीलगायत देशका विभिन्न ठाउँमा सरकार विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुले नेपाल चिकित्सक संघको आन्दोलनका कार्यक्रममासमेत ऐक्यवद्धता जनाएका छन् । सँगै आवासीय चिकित्सकले अस्पताल प्रांगढमा धर्ना दिने र रिले अनशन बस्ने कार्यक्रम तय गरेका छन् ।


‘सत्याग्राहीको स्वास्थ्य अवस्था नाजुक भइसक्दा पनि वार्ता औपचारिकतामा मात्र सीमित हुँदा एक सत्याग्राहीको ज्यान जोखिममा परेकाले उहाँको जीवन रक्षाको माग गर्दै २०७७ ६ २४ मा जारी नेपाल चिकित्सक संघको आन्दोलनका कार्यक्रममा ऐक्यवद्धता जनाउँदै हामी सम्पूर्ण आवासीय चिकितसक २०७७ ६ २५ गते इमर्जेन्सी र कोभिडबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने तथा उक्त समय अस्पताल प्रांगठमा धर्ना दिने तथा रिले अनशन बस्ने कार्यक्रम रहेको कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ’, आवासीय चिकित्सले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।