January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

किस गर्नुहुन्छ ? ल हेर्नस् किसका छन् फाइदै –फाइदा ।

किस गर्नुहुन्छ ? ल हेर्नस् किसका छन् फाइदै –फाइदा ।

२९ कात्तिक २०७६, काठमाण्डौ । हाम्रो नेपाली समाजमा चुम्बन गर्नु त्यती राम्रो मानिदैन । तर, हालैमात्र नेदरल्यान्ड्सका वैज्ञानिकको एक दलले गरेको अध्ययनबाट चुम्बन गर्दा फाइदा मिल्ने कुरा पत्ता लगाएका छन् ।
उक्त अध्ययन अनुसार, दस सेकेन्डको एक चुम्बनको क्रममा करिब आठ करोड जीवाणु चुम्बन गर्नेको मुखमा प्रवेश गर्ने गर्छ । ती जीवाणुहरू पाचन, पोषणतत्वको मिश्रण र रोगको रोकथाममा लाभदायक हुनेगर्छ ।
दिनभरिमा नौ पटक चुम्बन गर्नेमा र्यालमार्फत् जीवाणु स्थानान्तरित गर्ने सम्भावना बढी हुन्छ । मानवको मुखमा ७ सय प्रकारको जीवाणु करोडौंको संख्यामा उपस्थित रहेका र तीमध्ये केही मात्र तीव्र गतिमा स्थानान्तरित हुने गरेको उक्त अध्ययनले जनाएको छ ।
वैज्ञानिकहरूले उक्त खोज गर्दा १७ देखि ४५ वर्ष उमेर समूहको २१ जोडीको चुम्बन प्रक्रियाको अध्ययन गरेका थिए ।
यस अध्ययनबाट जीवाणुबाट उत्पन्न समस्याको उपचार खोज्नमा मद्दत मिल्ने विश्वास गरिएको छ । यो चुम्बनको विकासवादी व्याख्या हो ।

Advertisement