May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

नेपालमा अहिलेसम्मकै बढी एकैदिन २२ जनाको कोरोनाबाट मृत्यु

नेपालमा अहिलेसम्मकै बढी एकैदिन २२ जनाको कोरोनाबाट मृत्यु

२५ असोज, काठमाण्डौ ।

Advertisement


नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या ६३६ पुगेको छ।

Advertisement

कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो । ज्यान गुमाउनेमा ५ महिला र १७ पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार मृत्यु हुनेमा काठमाडौंकी ६६ वर्षीया महिला रहेकी छन् भने काठमाडौंकै ६०, ७०, ७५ र ८३ वर्षीय पुरुष तथा ललितपुरका ४९ वर्षीय पुरुष, भक्तपुरका ४४ र ५७ वर्षीय पुरुष छन् ।

त्यसैगरी सुनसरीकी ६२ वर्षीया महिला र ६५ वर्षीय पुरुष तथा धनकुटाकी ६१ वर्षीया महिला, सर्लाहीका ३८ वर्षीय पुरुष, नुवाकोटका ७७ वर्षीय पुरुषको पनि संक्रमणका कारण ज्यान गएको छ ।

यस्तै चितवनका ४७ वर्षीय, ९८ वर्षीय र उमेर नखुलेका एकजना पुरुषको संक्रमणका कारण मृत्यु भएको छ भने मकवानपुरकी ८५ वर्षीया महिला, सिन्धुपाल्चोकका ६३ वर्षीय पुरुष तथा रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय पुरुषको पनि ज्यान गएको छ ।

थप २२ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३६ पुगेको हो ।
प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ११ लाख ७६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।