May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

उपत्यका कोरोना अपडेटः एकैदिन थप ८ जनाको मृत्यु, १४ सय १६ जनामा संक्रमण पुष्टि

उपत्यका कोरोना अपडेटः एकैदिन थप ८ जनाको मृत्यु,  १४ सय १६ जनामा संक्रमण पुष्टि

२५ असोज, काठमाण्डौ ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप ८ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले जनाए अनुसार, काठमाडौंमा एक महिलासहित चार पुरुष, ललितपुरमा एक पुरुष र भक्तपुरमा २ पुरुष गरी ८ जनाको कोरोनाबाट मृत्यु भएको हो ।
यसैबिच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा १ हजार १ सय ४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४२७ नमूनाको पीसीआर परीक्षण भएको छ। नेपालमा बितेको २४ घण्टामा थप १ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ ।

Advertisement