March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु, ४ जना उपत्यकाका

बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु, ४ जना उपत्यकाका

२६ असोज, काठमाण्डौ ।


बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका ४ जना सहित थप ९ जनाको मृत्यु भएको हो ।

आज मृत्यु हुनेमा दुई जना महिला र सात जना पुरुष छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, काठमाडौंका ७१ वर्षीया महिला र ६३ र ६७ वर्षीय पुरुष र ललितपुरका ५० वर्षीय पुरुष रहेका छन्।
त्यसैगरी, सुनसरीका ३७, ८९ र ९० वर्षीया पुरुष, चितवनमा ४० वर्षीया महिला र रुपन्देहीका ७४ वर्षीय पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ।

Advertisement