January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १२ जनाको मृत्यु, १४ सय ४२ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १२ जनाको मृत्यु, १४ सय ४२ जनामा संक्रमण पुष्टि

मंसिर ३, काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४२ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ११२ नमुना परीक्षण गर्दा थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । पछिल्लो २४ घण्टामा ३५ सय ३८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

हालसम्म ९१० जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परिक्षण भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ ।

Advertisement