January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

बुटवलको कोरोना विशेष अस्पतालमा गुल्मीका कोरोना संक्रमित बृद्धको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा गुल्मीका कोरोना संक्रमित बृद्धको मृत्यु

मंसिर ४, काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट गुल्मीका एक बृद्धकोे मृत्य भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय बृद्धको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनलाई कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा उपचाररत उनको गएराति १२ः४५ बजे मृत्यु भएको हो । उनलाई श्वसाप्रश्वासमा समस्या रहेको थियो। योसँगै निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ । योसँगै लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ४९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement