April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

नक्कली पीसीआर रिपोर्ट बनाएको विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन

नक्कली पीसीआर रिपोर्ट बनाएको विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन

मंसिर ४, काठमाडौं ।
आर्थिक प्रलोभन र चलखेलमा विदेश जानेहरुलाई निजी ल्याबले नक्कली पीसीआर रिपोर्ट बनाएको विषयमा छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले डाक्टर मुकुन्द शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ टोलीका तर्फबाट बलराम गौतम रहेका छन् ।
काठमाडौंका केही अस्पताल र निजी प्रयोगशालाबाट कोरोना परीक्षण गरी विदेश उडेका यात्रुमा उता पुगेपछि पुनः जाँच गर्दा पोजेटिभ रिपोर्ट आएपछि सरकारले छानबिन गर्न लागेको हो ।

Advertisement