April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणका कारण धरानमा २२ वर्षीया युवतीको मृत्यु

कोरोना संक्रमणका कारण धरानमा २२ वर्षीया युवतीको मृत्यु

मंसिर १४, काठमाडौं ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २२ वर्षिया कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार महोत्तरी बर्दिवास २ की २२ वर्षीया महिलाको आइतबार बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई जनकपुरस्थित जनकपुर सिटी अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । मंसिर २ गते कोरोना पोजिटिभ पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो । प्रतिष्ठानमा हालसम्म १ सय १५ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

Advertisement