January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

भारतमा पछिल्लो २४ घण्टामा ४सय ८२ संक्रमितको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ४सय ८२ संक्रमितको मृत्यु

मंसिर १६, काठमाडौं ।

भारतमा पछिल्लो २४ घण्टामा ४ सय ८२ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ६५९ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ६३ हजार २५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ८८ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement