January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

लुम्बिनी मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

मंसिर १७, काठमाडौं ।
लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार बिहान पाल्पाका एक र स्याङ्जाका एक पुरुषको निधन भएको हो ।

पाल्पाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराका ३८ वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । उनलाई मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १४ गते अस्पताल भर्ना भएर उनको उपचार भइरहेको थियो ।

यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका–४, का ३९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको कलेजले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका उनलाई मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै पाल्पामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

Advertisement