March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

कोरोना भाइरसका एक हजार २४ सङ्क्रमित थपिए

काठमाडौं, मङ्सिर  । नेपालमा कोरोना भाइरसका एक हजार २४ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३९ हजार ८८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार ७४ को परीक्षण गरिएकोमा एक हजार २४ मा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हाल १४ हजार २५५ मा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १७ लाख ७८ हजार २४ को पीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार,  पछिल्लो चौबीस घण्टामा दुई हजार २०६  सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २४ हजार ५३  सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १०  सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५७७ को मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ५३६  क्वारेन्टिनमा रहेको जनाएको छ ।

Advertisement