March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कौशलटारमा कार दुर्घटनामा एक युवतीको मृत्यु, तीन जना घाइते

कौशलटारमा कार दुर्घटनामा एक युवतीको मृत्यु, तीन जना घाइते

मंसिर २१, काठमाडौं ।
मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–४ धुम्बाराही पिपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको हो ।

काठमाठमाडौंतर्फ आउँदै गरेको बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर शनिबार राति करिब १ बजे दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइते श्रेष्ठको अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।

दुर्घटनामा कार चालक मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, वडानम्बर ५ राधेराधेका २६ वर्षीय विजय देउजा र भक्तपुरको सूर्यविनायक ४ गाम्चा का २७ वर्षीय सुदप थापा सामान्य घाइते भएका छन् ।

Advertisement