January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

पछिल्ले २४ घण्टामा १ हजार ७५२ कोरोना मुक्त, १ हजार ९६ जनामा संक्रमण

पछिल्ले २४ घण्टामा १ हजार ७५२ कोरोना मुक्त, १ हजार ९६ जनामा संक्रमण

पछिल्ले २४ घण्टामा १ हजार ७५२ कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १ हजार ७५२ जना कोरोना संक्रमण मुक्त भएको बताए । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।


त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९५ पीसीआर परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना संक्रमण भएको हो । प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।

Advertisement