प्रधानमन्त्री ओलीको अप्रेशनको तयारी हुँदै
१० मंसिर, २०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार रातभरी पेट दुखेर पखाला लागेकाले स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका थिए । परीक्षणका क्रममा क्रममा उनलार्ई एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ । उनको अप्रेशनको तयारी भइरहेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीको आइतबारमात्रै ग्रान्डी अस्पतालमा मिर्गौलाको चौथो डायलासिस गरिएको थियो भने, त्यसअघि प्रधानमन्त्री ओलीले चारपटक मिर्गौलाको डायलासिस गराएका थिए ।
के हो एपेन्डिक्स ?
शरीरमा हुने छोटो र पातलो थैलीलाई एपेन्डिक्स भनिन्छ । एपेन्डिसाइटिस शरीरको एपेन्डिक्स नामक आन्द्राको भागमा हुने रोग हो । एपेन्डिसाइटिस आकस्मिक रुपमा देखा पर्ने रोग हो । यो रोगले कुनै पनि बेला मानिसलाई च्याप्न सक्छ, पेट दुखेर मरणासन्न भएको अवस्थाको समयमा मानिसले उपचार पाएन भने ज्यानै जान पनि सक्छ । शरिरमा भएको एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा एपेन्डिसाइटिस हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ । एपेन्डिसाइटिसको सम्भावना हुनेबित्तिकै सर्जरी गर्ने सल्लाह दिने गरिन्छ । किनभने, एक त यसको स्पष्ट निदान गर्न गाह्रो छ । अर्को एपेन्डिक्स फुट्नुभन्दा शल्यक्रिया गर्नु कम जोखिमयुक्त हुन्छ ।
प्रतिकृया दिनुहोस्