September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

पछिल्लो २४ घण्टामा ४ सय ८८ संक्रमित थपिए, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४ सय ८८ संक्रमित थपिए, १० जनाको मृत्यु

पुुस १०, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ५ हजार ३ सय ९जनाको पीसीआर गरिएकामध्ये ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ । जसमध्ये ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित छन् । यस अवधिमा ५ सय २७ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ८७ हजार ५ सय ५५ पुगेको छ । सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

Advertisement